मोरङ क्षेत्र नं. २ (ख) प्रदेशको प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला  पदमा देबेन्द्र

  • प्रकाशित मिति : November 19, 2021
  • sthaniyasarkar.com

मोरङ : नेपाली कांग्रेसको आन्तरिक पार्टीको  मंसिर ३ गते हुने गइरहेको नेपाली कांग्रेस  क्षेत्र प्रदेश स्तरीय १४ औं महाधिवेशनले यतिबेला गाउँ शहरको माहोल तातेको छ । नेपाली कांग्रेसको  ४ वर्षे अवधीका लागि नेतृत्व चयन हुनका लागि हुन लागेको अधिवेशन हो। गाउँ होस या शहर हाटबजार होस या चियापसल जताततै अधिवेशनको चर्चा छ । वडा र गाउँ-नगर अधिवेशन सकिएपछी काङ्ग्रेसले यहि मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्रमा  अधिवेशन हुन लागेको छ ।

मोरङ क्षेत्र नम्बर २ ‘ख’ प्रदेश भरी चिया पसल जताततै अधिवेशन चर्चा चल्दै गर्दा  कानेपोखरी गाउँपालिका वडा ३ निवासी  नेपाली कांग्रेस युवा नेता देविन्द्र लुइँटेलको नामले निकै चर्चा मा आएको बिगत लामो समय देखि समाजसेवाका निम्ति राजनीति गर्दै आएका देविन्द्र जनताको दुख पीडा मा सधैं उपस्थिति हुने गर्द छ्न । मोरङ क्षेत्र  नम्बर २ ‘ख’ मा लोकप्रिय नेताका रुप मा चिनिने  देविन्द्र केही दिन अगाडि मात्र आफ्नो उम्मेदवारी घोषण गरेर क्षेत्र भर प्रतिनिधि ,वडा सभापति भेट्न घर घर पुगिरेको छ्न ।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा हुने क्रम पनि बढेको छ । मोरङ कानेपोखरी ३ हरकपुर युवा नेता देविन्द्रले नेपाली काँग्रेस मोरङ क्षेत्र नं. २ (ख) प्रदेशको प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला  पदमा उम्मेदवारी दिएका छ्न ।

देविन्द्र भन्छन् हाम्रोलाई हैन राम्रो लाई पार्टीको नेतृत्वमा पुराउनु पर्छ अनि मात्र पार्टी भित्र सुदृढीकरण हुन्छ ओझेलमा परेको पुराना कार्यकर्ताले स्थान पाउनु पर्छ भने कुराका लागि निरन्तर लड्ने छु। पार्टीको संघसंगठनलाई चुस्त दुरुस्त राख्दै पहिलो पार्टी बनाउन सधै लाग्ने छु भने प्रतिबद्धता जनाउछु उनले भने आन्तरिक पार्टीको चुनावहो यहाँ हार जित लाई त्यति ठुलोकुरा लिनु हुन म पनि लिने छैन निरन्तरजनताको सेवा मा लागिनै रहने छु ।

मोरङ क्षेत्र नं. २ ‘ख’ प्रदेशका सम्पूर्ण क्षेत्रीय  प्रतिनिधि, वडा सभापति, पालिका सभापति अग्रज एवं मित्र साथीहरुलाई यो अनुरोध गर्न चाहन्छु कि  नेपाली काँग्रेसको १४ औें महाधिवेशनबाट नेपाली  काँग्रेस मोरङ क्षेत्र नं. २ ‘ख’ प्रदेशको महाधिवेशन प्रतिनिधि पदमा अमुल्य मत दिएर भारी मतले विजयी गराइदिनुहोला, उनले भने ।