मोरङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ सचीव पदमा फणीन्द्र निरौलाको उम्मेदवारी

  • प्रकाशित मिति : November 17, 2021
  • sthaniyasarkar.com

मोरङ : नेपाली काँग्रेसको १४ औें महाधिवेशनमा नेपालि काँग्रेस मोरङ क्षेत्र न -२ ख प्रदेशको प्रदेश सचिव पदमा फणीन्द्र निरौलाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

नेपाल बिद्यार्थी संघको 25 बर्ष लामो राजनीति  यात्रा पछि उहाँले पार्टीको राजनीतिमा आउनलाई आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको हो । 2059 सालमा नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई सभापति बाट राजनीति यात्रा सुरु गरि ६२/६३ को जनआन्दोलन मा अग्रसर भएर आन्दोलन गर्दा जेल जिवनको अनुभव गरेका निरौला एक अब्बल नेता मानिन्छन् ।

नेपाल बिद्यार्थी संघको मोरङ जिल्ला सदस्य , कोषाध्यक्ष ,सचीव हुँदै जिल्ला उप सभापति मा रहेर विद्यार्थीको हकहितका निमित्त दिन रात नभनि काम गर्नु भएको उहाँले मोरङ जिल्लामा लोकप्रिय युवा नेता मा चिनिनु हुन्छ ।

स्थानीय सरकार संग कुरा गर्दै नेता निरौला भन्छन “मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर पार्टी हितको लागि हुनेछ । पार्टी भित्र रहेका विकृति विसंगति हटाई मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न मैले उम्मेदवारी दिएको हो । उम्मेदवारी मात्र दिने होइन सबैको साथ सहयोगका साथ चुनाव जित्ने पनि बिश्वाश छ । पार्टीमा गुटको आधार मा हैन हाम्रो लाई हैन राम्रो लाई पार्टीको मुल नेतृत्वमा लिएर आउनु पर्छ । अब आउदै गरेको तिनै तहको चुनावमा  नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने गरि प्रदेश ख भरी काम गर्नै प्रतिबद्धता जनाउछु ।”

पार्टीभित्रका नेताहरुमा आधारित गुट भन्दा पृथक पहिचानसहित नेपाली कांग्रेसलाई मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक बहाक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यसहित आफुले सचीव पदमा उमेदवारी दिएको निरौलाले बताए।

आफ्नो राजनीति यात्रा मा धेरै नै दुख खेपेर निरन्तर  राजनीति गरेका उनिले जनता माझ दिन रात नभनी जनताको दुखमा सधैं उपस्थिति रहने गर्द छन प्रदेश ख भरी सचीव पदमा एक उपयुक्त उम्मेदवार  हुन
पार्टी जिम्मेवार दिएमा जिम्मेवारी सहि तरिकाले बहन गरि संघसंगठन लाई मजबुत बनाएर अन्तर पार्टी सग प्रतिस्पर्धा गर्छु ।

नेपाल विद्यार्थी संघमा लामो अनुभव बटुलेका कारण त्यस अनुभवलाई प्रदेश ‘ख’ का सम्पुर्ण क्षेत्र प्रतिनिधि ,वडा सभापति ,पालिका सभापतिज्युले बिश्वास
गरि जिताउनु भएमा पार्टीको सचीव पद मा रहेर निरन्तर यश प्रदेशमा काम गर्न छु । प्रदेश ‘ख’ को जनता लाई कांग्रेस प्रती आकर्षित गराउने छु ।अहिले जनतालाई राजनीति प्रती जुन वितृष्णा छ त्यो हुने दिने छैन राजनीति बाट हाम्रो समाज परिवर्तन गर्न सकिन्छ भने बनाउछु उहाँले भनु भयो ।

प्रदेश क्षेत्रको अधिबेशन यहि मङ्सिर ३ गते हुदैछ।