काङ्ग्रेस महाधिवेशनको कार्यतालिका सार्बजनिक

  • प्रकाशित मिति : October 27, 2021
  • sthaniyasarkar.com

काठमाडौ : आज बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको छ । नेपाली काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ ।

पोखरलका अनुसार ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।