एउटै ब्याक्ति दुई पार्टिमा निर्वाचित

  • प्रकाशित मिति : October 24, 2021
  • sthaniyasarkar.com

दार्चुला : दार्चुलामा  भर्खरै सम्पन्न भएको दुई ठुला पार्टी को अधिबेशनमा एउटै ब्याक्ति दुबै पार्टिमा निर्वाचित भएका छन। उनी  कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा र एमालेको वडा सचिवमा चयन भएका छन् ।

गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा  अधिवेशनमा मा पनि उनै डोबाल सचिवमा चयन भएका हुन ।
शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएको तर उनी एमालेमा प्रवेश गरे नगरेकोबारे जानकारी  नभएको कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले बताउनुभयो ।