धनगढी : आफ्नै पतिको हत्या गरेको आरोपमा कैलाली प्रहरीले पत्नी र उनको प्रेमीलाई पक्राउ गरेको छ । हत्याहुने धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरी रहेका छन। हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र उनकी प्रेमिका २९ वर्षीय विष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
चौधरी लाइ खुटिया नदी नजिक मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट घटनास्थल तर्फ गएका थिए। प्रहरीले अनुसन्धानको क्रममा रमेशको हत्या भएको खुले पछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
अमृता र विष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएको अनुसन्धानबाट खुलेको छ। शुक्रबार राति रमेश र उनको प्रेमिका लाइ आफ्नो घर नजिक परालको थुप्रोमा आपत्तिजनक अवस्थामा फेला पारी कुटपिट गर्दा विष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची हत्या गरेको र शव बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।