नेपाली काङ्ग्रेस महाधिवेशन : इलाम पालिका नतिजा

  • प्रकाशित मिति : September 26, 2021
  • sthaniyasarkar.com

बिर्तामोड : इलामका पालिकास्तरको पार्टी कार्यसमिति चयन गर्न नेपाली कांग्रेसको अधिवेशन समपन्न भएकाे छ। पार्टी केन्द्रीय तहमा देखिएको फरक गुट (समूह) अनुसार नै जिल्लाका सबैजसो पालिकाको नेतृत्वमा २ वा त्योभन्दा बढी उम्मेदवार नेतृत्वका लागि भिडेका थिए। केही उम्मेदवारले आफू कुनै गुटको नभई सिंगो कांग्रेसको उम्मेदवारसमेत दाबी गरेका छन्।

कस्ले कहाँ बाजीमारे

इलाम

इलाम नगरसभापतिमा तिर्थ गुरुङ निर्वाचित भएका छन् । नगरसभापतिका चार प्रतिष्पर्धीलाई पाखा लगाउँदै गुरुङ्ग नगरसभापतिमा निर्वाचित भएका हुन् । उनले १२८ मत प्राप्त गरेका छन् । नगर सभापतिका प्रतिष्पर्धी अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरेका छन् ।

नगर उपसभापतिमा सुशीला सापकोटाले १४६ र उर्मिला निरौलाले १२१ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा विरेन्द्र कार्कीले १६७ र निराजन भट्टराई १६० मत प्राप्त गर्दै विजयी भए । सहसचिवमा प्रज्वल घिमिरेले २०७ र विरेन्द्र राईले १७७ मत प्राप्त गरेर विजयी भए । नगर कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

सूर्योदय

सूर्योदय नगरपालिकाको सभापतिमा जीवनकुमार नेपाल निर्वाचित भएका छन् । उनले १०७ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी मणिकुमार गुरुङ ७९ र सोनाम छिरिङ काजी ६७ मत प्राप्त गरे । यस्तै उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान विजयी भएका छन् । सचिवमा अनुप राई र सुशील ढुङ्गेल विजयी भएका छन् ।

देउमाई

यस्तै देउमाई नगरपालिकाको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा ताराकुमार राई र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय भएका हुन् । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । खत्रीले १११ र कटुवालले १०६ मत ल्याएका छन् ।

माई

उता माई नगर सभापतिमा हेम बहादुर लिम्बु विजयी भएका छन। लिम्बले निकटतम प्रतिद्वन्द्वी ठगिन्द्र गिरी (पुष्प) लाई २५ मतले उछिन्दै विजयी भएका हुन। लिम्बूले ८८ मत प्राप्त गरेका छन भने गिरीले । ६३ मत प्राप्त गरेका छन । उपसभापतिमा डम्बर तामाङ र तुलसी तामाङ बिजयी भएका छन् ।

दुई जना उपसभापतिका लागि तीन जनाको उम्मेदवारी परेकोमा विजयी डम्बरले १ सय २५ मत र तुलसीले ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारा चम्लागाईले ६९ मत पाएकी छिन् । त्यस्तै दुई जना सचिवका लागि चार जनाको उम्मेदवारी परेकोमा दिवाकर सिंह र गंगाराम काफ्ले (अर्जुन) विजयी भएका छन्।

सिंहले ८७ मत र काफ्लेले ७२ मत ल्याई विजयी बनेका हुन । उनीहरुका निकटतम प्रतिद्वन्द्वी धन बहादुर कार्कीले ६८ र मनिन्द्र राईले ६४ मत ल्याए । माईमा कांग्रेस नगर सहसचिव पदमा ३ जनाको प्रतिस्पर्धामा तुलसा चम्लागाई र पबित्रा बुर्जा मगर बिजयी भएका छन्। तुलसाले ९६ मत र बुर्जाले ८४ मत प्राप्त गरेका छन्। सह सचिवका उमेरद्वार दुर्गा शर्मा पोख्रेलले ८१ मत प्राप्त गरिन् । कुल १ सय ६७ जनाले मतदान गरेका थिए ।

नगर सभापतिका आंकक्षी हेम बहादुर लिम्बु डम्बर खड्का र केशब थापा निकट मानिन्छन् भने पुष्प गिरीलाई हिमालय कर्मचार्य र भेषराज आचार्य आफु निकट मान्छन् । जिल्ला सभापतिको टिम अनुसार नै नगरमा पनि टिम बनेको थियो ।

माङ्सेबुङ/चुलाचुली

माङ्सेबुङमा चन्द्र साम्बा निर्बाचित भए भने चुलाचुलीमा राजेन्द्र केरुङ सर्बसम्बत चयन भएका हुन ।

फाकफोकथुम

फाकफोकथुम गाउँपालिका सभापतिमा डिकबहादुर थापा निर्वाचित भएका छन् । उनले ६४ मत पाएका छन् । थापा वडा नँ ६ का वडाध्यक्ष समेत हुन् । थापाका निकटतम प्रतिद्धन्द्धी टेकविर नेम्बाङले ५७ र रामकुमार श्रेष्ठले ५० मत प्राप्त गरेका छन् । श्रेष्ठ फाकफाेकथुम गाउँपालिका अध्यक्ष समेत हुन् ।

उपसभापतिमा कृति आले र देउमान दलार्मी निर्वाचित भएका छन् । आलेले ७७ र लिम्बुले ६१ मत पाएका छन् । ६१ मत नै पाएका कमनसिंह लिम्बुले चिठ्ठा तान्दा दलार्मीसंग पराजित बन्न पुगे । सचिवमा सागर लिम्बु र नरेन्द्र थापा निर्वाचित भएका छन् । लिम्बुले ९४ र थापाले ६५ मत पाएका छन् । अर्का उम्मदेवार सिपि बोहोराले ६१ मत प्राप्त गरे ।

त्यसैगरी सहसचिवमा बेदप्रसाद खड्का र घनश्याम चम्लगाई निर्वाचित भएका छन् । खड्काले ८२ र ले चम्लगाईले ६८ मत प्राप्त गरे । अर्का उम्मेदवार सन बहादुर रानाले ६२ मत प्राप्त गरे ।

माईजोगमाई

माईजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । बेदप्रसाद चापागाईलाई हराउँदै माईजोगमाई काँग्रेसको नेतृत्वा पाएका हुन् । देवानले ७९ मत प्राप्त गर्दा चापागाईले ४० मत मात्र प्राप्त गरे । उपसभापतिमा उमाकान्त भट्टराई र चन्द्रकुमार देवान निर्वाचित भएका छन् ।

भट्टराईले ९२ मत प्राप्त गर्दा देवानले ७३ मत प्राप्त गरे । अर्का उम्मेदवार राधाकृष्ण पोखरेलले ६० मत मात्र प्राप्त गरे । सचिवमा प्रदिप खड्का र देविप्रसाद अधिकारी निर्वाचित भएका छन् । खड्काले ८० मत प्राप्त गर्दा अधिकारीले ७८ मत पाए । रोहित थेवेले ५७ मत मात्र प्राप्त गरे ।

जम्मा १२१ मतदाता रहेको माईजोगमाईमा २ मत बदर भएको थियो ।

रोङ

रोङ गाउँपालिका सभापतिमा हरि बुडाथोकी बिजयी भएका छन् । सुवास तामाङलाई २० मतले पछि पार्दै हरि बुडाथोकी बिजयी भएका हुन् ।

सन्दकपुर

सन्दकपुर गाउपालीकामा तुलाराम गुरुङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङ सन्दकपूर गाउँपालिकाको सभापति निर्वाचित भएका हुन् । आज भएको पालिका अधिवेशनबाट गुरुङ निर्वाचिन भएका हुन् ।

तुलाराम गुरुङले ३८, अर्का सभापतिका प्रत्यासी धनबहादुर खाम्दाकले ३३ र वालकृष्ण गुरुङले २१ मत प्राप्त गरेका छन् । गुरुङ नेपाली कांग्रेस जिल्ला सभापतिका प्रत्यासी डम्बर खड्का पक्षधर नेता हुन् ।