काङ्ग्रेसको ६९ जिल्लाको क्रियाशील सदस्यता विवाद मिल्यो

  • प्रकाशित मिति : September 26, 2021
  • sthaniyasarkar.com

काठमाडौ : सत्तारुढ नेपाली कांग्रेसले  बिबादित भएका थप पाँच जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँके गरि पाँच जिल्लाको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिए ।

त्यस्तै बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । पाँच जिल्लामा भोलि नै निर्वाचन अधिकृत खटाइने पोखरेलले बताए।

निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् । कांग्रेसको निर्णयअनुसार दशैंअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।