काठमाडौ : सिरहामा बोक्सीको आरोप लगाउदै छिमेकी माथि कुटपिट एक युवकलाई पक्राउ परेका छन। पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय लखन साह रहेको प्रहरीले जनाएको छ । आरोपिले आफ्नै छिमेको ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेका थिए।
आफ्ना नातिनीको उपचार गराउँदा पनि दुई सातादेखि बिरामी निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सूचना प्राप्त गरेपछी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।