मानव बेचबिखनमा संलग्न एक प्रकाउ

  • प्रकाशित मिति : September 14, 2021
  • sthaniyasarkar.com

सुर्खेत : १३ वर्षीया बालिकालाई भारतमा लगेर बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका-६ सुर्खेतकि ५० वर्षीया महिला रहेको प्रहरीले जानकारी दिएको छ।

२०७१ साल जेठ १८ गते गुर्भाकोट नगरपालिका-९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।

प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन् ।