काङ्ग्रेस अधिबेशन: अधिकांश वडामा सर्वसम्मत तथा केहीमा मतदान

  • प्रकाशित मिति : September 4, 2021
  • sthaniyasarkar.com

काठमाडौ : विभिन्न अन्योलताका बिच नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशन आजदेखि प्रारम्भ भएको छ। अधिबेशनको पहिलो चरणमस गाउँ-नगरको वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ ।

अधिकांश वडामा सर्वसम्मत तथा केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ३५ जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडाअधिवेशन शनिबारदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने उनले बताए । अधिवेशन भएका वडाको मत परिणाम केन्द्रमा शनिबारसम्म आइपुग्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन ।

यस बाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशःप्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ-नगर अधिवेशनसम्ममा सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी मुख्य सचिबले जानकारी दिएका छन।