सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्ने संस्थापन इतर समूहको निर्णय

  • प्रकाशित मिति : August 27, 2021
  • sthaniyasarkar.com

काठमाडौं : संस्थापन इतर समूहका नेताहरुको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन सभापतिसँग ठोस छलफल गर्ने निर्णय गरेको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा बसेको बैठक ले सभापतिसंग निर्णायक छलफल गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार वरिष्ठ नेता पौडेलले आजै सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन्। पार्टीको कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएका व्यवहारिक कठिनाई समाधानका लागि पहल गर्ने निर्णय गरेको छ।

पौडेल पक्षले यसअघि नै जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाइसकेको छ। पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन सभापतिसँग ठोस छलफल गर्ने निर्णय गरेको हो।

बैठकपछि प्रतिक्रिया दिदैं कांग्रेस नेता डा. मिनेन्द्र रिजालले महाधिवेशन तोकिएकै मितिमा सुरु गर्न देखिएका व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको जानकारी दिए।