शिशु अपरहण गरी बेपत्ता बनाउने ब्यक्ति पक्राउ

  • प्रकाशित मिति : August 22, 2021
  • sthaniyasarkar.com

काठमाडौ :  १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत बाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लामा शिशु अपहरण गरि फरार रहेका हिमा गाउँपालिका–३ का २५ वर्षीय  दानबहादुर रोकाय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार अभियुक्त रोकायलाइ शनिबार पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले अपहरण गरेको स्वीकार गरे पनि अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताएका छन ।

जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले  जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिनुभयो । “घटना निकै गम्भीर र संवेदनशील छ”, उनले भने, “अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।”