नेपाली काङ्ग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय

  • प्रकाशित मिति : August 14, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन ।