कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी माग

  • प्रकाशित मिति : August 14, 2021
  • sthaniyasarkar.com

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले ३५ जना कर्मचारी माग गरेको छ । प्रतिष्ठानले शनिबार एक सूचना जारी गर्दै   २५ जना स्टाफ नर्ससहित ३५ जना कर्मचारी करारमा आवेदन खुला गर्दै कर्मचारी माग गरेको हो ।

इच्छुक स्वास्थ्यकर्मीले भदौ १३ गतेसम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको सुचनामा जेनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन, गाइनोकोलोजि, अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी, एडल्ट मेडिकल सर्जिकल नर्सिङ, पेडियाट्रिक एण्ड चाइल्ड हेल्थ नर्सिङ, हेल्थ इकोनोमिक्स एण्ड फाइनान्स, कम्युनिटी हेल्थ नर्सिङ, कम्युनिटी मेडिसिन, हिस्टो टेक्निसियन, एनेस्थेसिया एसिस्टेन्ट १/१ जना र स्टाफ नर्समा २५ जना आवश्यक परेको प्रतिष्ठानले जनाएको छ ।