यातायात सञ्चालन सम्बन्धी अध्ययनको कार्यदलले ‘लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धी अध्यययन प्रतिवेदन हस्तान्तरण गरेका छन्। काठमाडौं महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित पाचॅं सदस्यीय कार्यदलले काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका छन् । प्रतिवेदनमा मध्यमदुरीका सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुलपूर्वको मनोहरा खोला करिडोर वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि धुलिखेल हुदै पूर्वतर्फ जाने सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख गरेका छन्। नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधान व्यवसायीको सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी साथै सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको व्यवस्था गर्न महानगरपालिकाले पहल गर्ने कुरा प्रतिवेदनमा खुलाएको छ। काठमाडौँ उपत्यकाको पालिकाहरु धुलिखेल, वनेपा र पनौती नगरपालिका तथा बस व्यवसायी लगायत सरोकारवालाहरुको साझेदारीमा यातायात कम्पनी निर्माण गरी सार्वजनिक यातायातको दीर्घकालिन व्यवस्थापन गर्ने बताएका छन्। प्रतिवेदन बुझेपछि प्रमुख शाक्यले कार्यपालिका बैठकमा उक्त प्रतिवेदनलाई एजेण्डाकै रुपमा प्रस्तुत गरी छलफल गरी अघि बढ्ने बताए।यो महानगरपालिकाको मात्रै समस्या होइन यो प्रदेश र संघीय सरकारको पनि समस्या हो भनेका छन्। त्यसका लागि प्रदेश र संघीय सरकारसँग पनि सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने र यसका लागि पहल गर्न काठमाडौँ महानगरपालिका तयार रहेको बताए। व्यवसायीहरुसँग समन्वय गरी बसपार्कको पूर्वाधार निर्माणका लागि महानगरपालिकाले समन्वय गर्न सक्ने समेत कुरा खुलाए। काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चबाट बसपार्क हटाएर सिटी यातायातको लागि ‘पिक एण्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म उपयुक्त व्यवस्थापन गर्न आग्रह गर्दै आएका हुन। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र गन्तव्य भई देशका विभिन्न भाग हुँदै काठमाडौं उपत्यकाभित्र सेवा प्रवाह गरिरहेका सार्वजनिक सवारी साधानको पार्किङको साथै त्यसको व्यवस्थापनका लागि यातायात व्यवसायीले गरेको आग्रहलाई समेत मध्यनजर गर्दै कार्यदल नै बनाएर महानगरले अध्ययन गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साविकबमोजिम बसपार्कका रुपमा प्रयोगको लागि माग राखे पनि महानगरपालिकाले त्यो सम्भव नहुने बताउँदै आएका छन्। काठमाडौं उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र तिमध्ये ८० % सवारी काठमाडौं महानगरपालिका क्षेत्र केन्द्रित भएर सञ्चालनमा रहेको तथ्याङ प्रतिवेदनमा उल्लेख गरिएको जानकारी आएको छ।
धुलिखेलबाट पूर्व जाने सवारी साधन मनोहरा करिडोर वा सल्लाघारीबाट छुटाउन महानगरलाई सुझाव
- प्रकाशित मिति : August 14, 2021
- sthaniyasarkar.com