कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिकाको लागी बैठक बस्दै

  • प्रकाशित मिति : August 12, 2021
  • sthaniyasarkar.com

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै पाटी महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएका छन्। महाधिवेशन कार्यतालिकाको बारेमा शीर्ष नेताहरुबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन। बिहीबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा छलफल भएको छ। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भई रहेको छ। बैठकमा महाधिवेशन कार्यतालिकाको साथै निर्वाचन निर्देशिका पेश गर्ने एजेण्डा रहेको थियो तर शीर्ष तहमा सहमति नजुटेकोले महाधिवेशन कार्यतालिका पेश हुन नसकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। आजको बैठकमा निर्वाचन समितिको संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले निर्वाचन निर्देशिका पेश गरेका छन् भने क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताबारे ब्रिफिङ गरेका छन् । प्रवक्ता शर्माले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्र महाधिवेशनको कार्यतालिका आउॅंने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक नगर्ने घोषणा गरेका शेर बहादु देउवाले पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताको धर्ना भएका कारण आफ्नै निजी निवासमा केन्द्रीय समितिको बैठक राखेका छन्। भदौ १६ देखी १९ गते सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिकाको बारेमा शीर्ष तहमा छलफल भइरहेको जानकारी रहेको छ। कांग्रेस पाटी सभापति देउवा निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि नयाँ कार्यतालिका ल्याउनुपर्ने पक्षमा रहेका र वरिष्ठ नेता रामचन्द्र पौडेल भने क्रियाशील सदस्यता विवाद नटुंग्याएसम्म कार्यतालिका ल्याउन नहुने अडानमा रहेका छन् ।