नेपालमा फेरी सङ्क्रमितको सङ्ख्या बढ्दो

  • प्रकाशित मिति : August 11, 2021
  • sthaniyasarkar.com

नेपालमा थप ३ हजार ४ सय ८१ जाना व्यतीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ र ३० जनाले कोभिड-१९ का कारणले ज्यान गुमाएको कुरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खुलाएको छ। यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या कुल ७ लाख ९५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार १ सय ८१ जाना पुगेको छ। बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६,६५६ जनाको परीक्षण गरेको र संक्रमन पुस्टी भएको छ।तीमध्ये ५ हजार ७ सय ४९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको कुरा खुलेको छ। अहिले तथ्याङ्कमा कुल परीक्षणको २०.८९ प्रतिशतमा सङ्क्रमण पुष्टी भएको मन्त्रायले खुलाएको छ। त्यसतै मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ८ सय ८५ जना सङ्क्रमणमुक्त भएका छन्।नेपालमा कोभिड-१९ को कारण १.५ % सङ्क्रमितको मृत्यु भएको खुलासा रहेको छ। त्यसतै सङ्क्रमितहरु मध्ये ३४ हजार ८ सय १३ जना घरमा र ३ हजार २ सय २० जना संस्थागत आइसोलेशनमा रहेका छन्। अहिलेको अवस्थामा कुल ७ सय ९६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ८४ जना भेन्टिलेटरमा रहेको खुलासा छ।