काँग्रेसका नेता पौडेल जिल्ला सभापतिहरुसंग बैठक बस्दै

  • प्रकाशित मिति : August 9, 2021
  • sthaniyasarkar.com

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आज जिल्ला सभापतीहरू संग बैठक बस्ने भएका छन्। पौडेल पक्षीय जिल्ला सभापतिहरुको बैठक आज दिउँसो बस्न लागेको खबर रहेको छ। आजको बैठकमा नेपाली कांग्रेस पाटीको क्रियाशिल सदस्यता विवादको सम्बन्धमा र कांग्रेस महाधिवेशनको बिषयमा पनि छलफल हुने एक नेताले जानकारी दिएका छन्। कांग्रेसको १४ औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भन्ने कुराहरु बाहिर आएसँगै पौडेल पक्षले जिल्ला सभापतिहरु सँग छलफल गर्न लागेको कुरा खुलासा रहेको छ।