कक्षा १२ सहीत सबै परीक्षा स्थगित गर्न सिफारिस

  • प्रकाशित मिति : August 7, 2021
  • sthaniyasarkar.com

कोरोना संक्रमणको जोखीम बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका श्रेष्ठले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छन्।  विज्ञहरूसँगको छलफलपछि स्वास्थ्य मन्त्रालयले परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरेको छ। मृत्युदर १.५ प्रतिशत पुगेको र संक्रमण दर पनि बढ्दै गएकाले परीक्षा सञ्चालन गर्न नहुने अडान स्वास्थ्य मन्त्रालयले लिएका छन्। विभिन्न विश्वविद्यालय, कक्षा ११, सीटीईभीटीलगायतका परीक्षा भइरहेकाले मन्त्रालयले सबै खाले परीक्षा तत्काल रोक्न भनेका छन्। यसै विषयमा आधारीत प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच समेत छलफल भएको छ । प्रधानमन्त्री देउवाले समेत यो अवस्था सामान्य भएपछि र २० वर्षमुनिका किशोर–किशोरीले खोप पाएपछि मात्र परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने धारणा राखेको मन्त्रालय स्रोतले जनाएको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि विद्यार्थीलाई खोप लगाई र स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र परीक्षा सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ। विद्यार्थी संगठनले पनि परीक्षा अनुकूल समयमा सार्न माग गरिरहेका छन्  साथै परीक्षा स्थगितको माग गर्दै विद्यार्थी, अभिभावकहरूले पनी सामाजिक सञ्जालमा पोस्ट हालिरहेका छन् । राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना बढिरहेकाले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिस गरेको ट्वीटमार्फत सार्वजनिक गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका एक सदस्यको अनुसार शनिबार बोर्डले निर्णय दिनेछ । स्वास्थ्य मन्त्रालयले सीसीएमसी साथै शिक्षा मन्त्रालयलाई गरेको सिफारिसपछि कुराको टुंगोमा पुग्नको लागि निर्णय गर्न शनिबार ११ बजे बोर्डको बैठक डाकिएको ,ती सदस्यले खुलासा गरेको छन्।