आज बिहीवार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो झरेको छ । चार दिन देखी लगातार बढीरहेको शेयर बजार आज भने घट्दो क्रममा रहेको छ।नेप्से आज १६ अङ्कले घटेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स समूहको शेयर ३९ अङ्कले बढेको छ भने जलविद्युत समूहको ७६ अङ्कले र होटल समूहको ४७ अंकले घटेको छ । त्यस्तै अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ साथै निर्जीवन बीमा समूहको शेयर ५६ अङ्कले घटेका छन्। तर विकास बैंक समूहको शेयर भने आज झन्डै एक सय ११ अङ्कले बढेको छ । दुई सय २६ कम्पनीका दुई करोड ८८ लाख ४५ हजार कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँमा आज किनबेच भएको छ। सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६५ करोड ३० लाखभन्दा बढीको शेयर किनबेच कारोबार भएका छन्।भने सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ। त्यसतै नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको शेयर भने १० प्रतिशतले वृद्धि भएको जाएका छन्।
नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लाग्यो
- प्रकाशित मिति : August 5, 2021
- sthaniyasarkar.com
