असोजसम्म कोरोना को २ करोड डोज खोप नेपाल आईपुग्ने : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

  • प्रकाशित मिति : August 2, 2021
  • sthaniyasarkar.com

काठमाडौँ – सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै मन्त्री उमेश श्रेष्ठले कुल ५ करोड डोजभन्दा बढी खोपको आपूर्तिका लागि सरकारको तयारी रहेको र असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल आइपुग्ने बताएका छन् ।

उहाले खोप वितरण तथा व्यवस्थपनलाई प्राथमिकता दिदै असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्तिको सुनिश्चित भइसकेको र ५ करोड २३ लाख खोप प्राप्त हुने बताएका छन् । कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख,जसमध्ये ४० लाखको भुक्तानी भइसकेको र १ करोड १० लाख खोप भुक्तानी हुने प्रक्रियामा रहेको बताएका छन् र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी कुल ३ करोड २३ लाख डोज खोप खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारले अनुदानमा दिन लागेको एस्ट्राजेनेका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिने खबर दिएका छन्। उहाले वयस्क साथै किशोर–किशोरीसमेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोन्सन एण्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनेका २० लाख गरी कुल १ करोड ५० लाखमात्रा खोप खरिद प्रक्रियामा गइसकेको बताएका छन् ।

खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा रहेको र फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भएको कुरा जनाएका छन्।

१०० दिने कार्ययोजना अन्तगत उनले एचडीयू,आइसीयू र भेन्टिलेटरको उचित प्रबन्ध गरिनुका साथै कोभिड–१९ बिरामीका लागि प्राणवायु अक्सिजनमा शून्य नाफा कायम गरी अविलम्व कार्यान्वयनमा ल्याइने कुरा सार्वजानीक गरेका छन्।