त्रि.वि.को परिक्षा नरोकिने

  • प्रकाशित मिति : August 2, 2021
  • sthaniyasarkar.com

काठमाडौ : कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दैगए सञ्चालन गरिँदै आएका परीक्षा र साउन २० देखि सुरु हुन लागेका विश्वविद्यालयअन्तर्गतका परीक्षा स्थगन हुनसक्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ जनाएका छन।

केही समय आगिमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले परिक्षा स्थगन हुने भनी जनाएता पनि त्यस्को केही समयपछी त्यस्लाइ परिमार्जित गर्दै सङ्क्रमण दर बढ्दै गएमा मात्र परीक्षा स्थगन हुने जानकारी दिएकछन। यसबारे शिक्षा मन्त्रालयसँग परामर्श भइरहेको र यसबारे केही बेरमा जानकारी दिइने बताएका छन् ।

त्रि.वि.को आधिकारिक फेसबुक पेजमार्फत पनि परीक्षा सञ्चालनबारे छलफल भइरहेको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको भनिएकोता पनि अहिले अर्को सुचना नहुँदासम्म परीक्षा यथावत नै सञ्चालन हुने जानकारी दिएको छ।