कांग्रेसले आफ्नो पार्टीको बैठक बालुवाटारमा नगर्ने

  • प्रकाशित मिति : July 22, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय गरेको छ ।

सामाजिक संजाल ट्विटरमा पार्टिको धारणा राख्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने जानकारी दिएका  छन् ।

त्यस्तै महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने पनि जानकारी दिएका छन् ।

महामन्त्री खड्का ट्विटर बाल बाट ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’