क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी

  • प्रकाशित मिति : July 19, 2021
  • sthaniyasarkar.com

काठमाडौ : प्रदेश नम्बर २ का नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताहरूले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी समेत दिए ।

धर्नामा बसेकाहरुले जिल्ला छानविन समितिले दिएको सुझावलाई वास्ता नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोश समेत व्यक्त गर्दै आएका छन् । उनीहरुले केन्द्रियस्तरको छानविन समितिले समेत पार्टीको विधान अनुसार छानविन गर्न नसकेको दावी गरेका छन् ।