काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य तथा केन्द्रिय सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही प्रक्रिया अगाडी बढाउन अनुशासन समितिलाई निर्देशन दिएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले बताए ।
छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार कुटपिट भएको थियो । सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएको समूहले आफूलाई कुटपिट गरेको घिमिरेले बताएका थिए ।