साउन ३ गते संघीय संसदका दुवै सदनको बैठक

  • प्रकाशित मिति : July 15, 2021
  • sthaniyasarkar.com

काठमाडौ : सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।