काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्य छानबिनबारे बुझ्न नेपाल भारतमैत्री धर्मशाला पुगेका छन ।
शनिबार गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर नेता पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामप्रति अनुगमन गरेका हुन् ।
समिति संयोजक रमेश लेखकले ६४ जिल्लाको काम टुंगिएको र ५७ जिल्लाको क्रियाशील सदस्यता छपाई सकिएको जानकारी गराएका थिए । उनले समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीलाई विवादरहित ढंगले टुंगो लगाउने काम गरिरहेको नेता पौडेललाई जानकारी गराएका थिए ।
नेता पौडेलले सदस्यता छपाई, कम्युटरमा सदस्यताको नाम इन्ट्रीलगायतका कामको निरीक्षण गरेका थिए । कांग्रेसले भदौ १६–१९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ । १२ साउनदेखि स्थानीय अधिवेशन सुरु हुँदैछ ।