भाइ द्वारा आफ्नै दाइको हत्या

  • प्रकाशित मिति : July 10, 2021
  • sthaniyasarkar.com

मोरङ : मोरङमा आफ्नै दाइको हत्या गरेको आरोपमा भाइलाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई रहेका छ्न।

घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए । चक्कुले भोलाको शरीको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको छ ।