बिदेश रहेका का परिवार र बिदेश पठाउने बिछ झगडा एक को मृत्यु

  • प्रकाशित मिति : July 9, 2021
  • sthaniyasarkar.com

सप्तरी : वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच भएको कुटपिटमा परी सप्तरीमा एकजनाको मृत्यु भएको छ ।

खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय दाउद मियाँ छन् । कुटपिटबाट टाउकोमा चोट लागेर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।