निर्वाचन आयोगमा पूर्व माओवादी नेताहरुको विवाद

  • प्रकाशित मिति : July 9, 2021
  • sthaniyasarkar.com

काठमाडौं : माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेर आफूहरुको माग बमोजिम दर्ता खारेजीमा खुट्टा नकमाउन आयुक्तहरुलाई आग्रह गरेका छन् ।

अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए। निवेदनमा भइरहेको प्रगति बुझ्न  टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू निर्वाचन आयोग पुगेका थिए।

लामो समयसम्म महाधिवेशन नगराएकाले माओवादी केन्द्र अवैध भएको र उक्त पार्टीले आफूहरुमाथि गरेको कारवाही पनि अवैध हुने तर्क उनीहरूको छ।

नेताहरुसँगै आयोग पुगेका  केन्द्रीय सदस्य लिलबहादुर थापाले आयुक्तहरुसँग निवदेनबारे छलफल गरेको जानकारी दिए। ‘आयुक्तहरुसँग थप प्रमाण चाहिए ल्याउन तयार छौं, तपाईंहरु यसलाई द्रुत गतिमा अगाडि बढाउनुहोस् भन्यौं,’ थापाले भने, ‘तपाईंहरु कसैको डर, धाकमा नपर्नुहोस्, प्रमाण पुर्याएर दर्ता खारेजी गर्न खुट्टा नकमानुहोस् भन्ने आग्रह ग¥यौं ।’