बिबादित भएका स्थानमा १४औं महाधिवेशनका प्रतिनिधि १३औं महाधिवेशनकै प्रतिनिधिलाइनै कायम गर्ने

  • प्रकाशित मिति : July 4, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद करिब ५ सय वडामा देखिएको छ। सबै भन्दा बढी  विवाद प्रदेश २ का ८ जिल्लाका क्रियाशील सदस्य रहेका छन । विधानको पालना नगरी नाम सूचीकृत भएको क्रियाशील सदस्यता छानबिन  समितिले जनाएको छ।

त्यस्तै बिबादित भएका स्थानमा १४औं महाधिवेशनका प्रतिनिधि  १३औं महाधिवेशनकै प्रतिनिधिलाइनै कायम गर्ने भएको छ। समितिले समाधान निकाल्न सक्ने स्थानमा क्रियाशील सदस्य छिटै टुंग्याउने र जटिल प्रकारको विवाद भए १३ औं महाधिवेशनका प्रतिनिधि कायम गर्ने निर्णय भएको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन।

सभापति शेर बहादुर देउवाले क्रियाशील सदस्यताको सम्बन्धमा देशभरको जानकारी लिएका थिए । बुढानीलकण्ठ स्थित निवासमा देउवाले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य र अन्य केही नेतालाई समेत डाकेका थिए।