राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गर्दै

  • प्रकाशित मिति : July 1, 2021
  • sthaniyasarkar.com

काठमाडौ : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो ।

लघुवित्तले आईपीओ निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक मतीजया लोहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।