उद्घाटन गरेको दुई सातामै भासियो पुल

  • प्रकाशित मिति : July 1, 2021
  • sthaniyasarkar.com

काठमाडौ : बाढीका कारण निर्माणको अन्तिम चरणमा रहेको कमला नदीको पुलको एउटा स्पान धसिएको छ । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको स्पान धसिएको छ ।

सिरहाको बसपिट्टा घाटमा रहेको पुलको १२ वटामध्ये एउटा स्पान धसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिएका छन । एक फिटभन्दा बढी स्पान बाढीमा धसिएको उनले बताएका छन ।

पुलको निर्माण लुम्बनी बिल्डर्सले गरिरहेको थियो । कम्पनीका इन्जिनियर सूर्यप्रकाश शर्माले दुई साताअघि मात्रै पुल निर्माणको ९९ प्रतिशत काम पूरा भइसकेको र अब फिनिसिङ गर्न मात्र बाँकी रहेको बताएपछि तत्कालीन संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्री उमाशंकर अरगरियाले माला लगाएर धन्यवाद समेत दिएका थिए ।