कांग्रेसको संस्थापनइतर समूह चुनावी रणनीति बनाउन जुट्दै

  • प्रकाशित मिति : June 30, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समुहको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा शुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै गुटगत छलफलले तीव्रता पाएको छ ।

बैठकमा नेता पौडेल र महामन्त्री कोइरालासहित नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइरालालगायत सहभागी छन् । संस्थापनइतर समूहमा नेतृत्वका आकांक्षी धेरै भएपछि सहमति जुटाउन नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् ।

संस्थापन पक्षका उपसभापति विमलेन्द्र निधिले संस्थापनइतर समूहका महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री सिंहबीच नेतृत्वका लागि छलफललाई निरन्तरता दिएपछि वरिष्ठ नेता पौडेल असन्तुष्ट छन् । आजको बैठकमा निधि, कोइराला र सिंहबीचको तीन चरणको लन्च मिटिङका बारेमा पनि छलफल हुने बताइएको छ । तीनैजना नेतृत्वका आकांक्षी हुन् ।