आसन्न अधिबेशनमा युवाको सङ्कल्प

  • प्रकाशित मिति : June 29, 2021
  • sthaniyasarkar.com

आसन्न चौधौं महाधिवेशन लागे सगै गाउँ गाउँमा  राजनीति  चहलपहल बढेको छ त्यस सगै अब को नेतृत्व कस्तो भने नि चर्चा चल्न थालेको छ ।

अबको  नेतृत्व ,सबल ,सशक्त ,रचनात्मक शैली ,मृदभाषी ,संघसंगठनलाई प्रभावकारीरुप मा चलेमान राख्ने सक्षम नेतृत्वदायी भुमिका निर्वाह गर्ने र पार्टी लाई जनता समक्ष एउटा असल पार्टीको नेतृत्वकर्ता भनी प्रस्तुत हुने नेतृत्व चयन गरौं । पार्टीमा लोकतान्त्रिकबिदि बाट नेतृत्व चयन भएता पनि सक्के सम्म सम्पुर्ण अग्रज नेता गण लागि परि सर्वसहमत रुपमा नेतृत्व चयन गरि एउटा गतिलो सन्देश जनता समक्ष पुर्याउकि कांग्रेस अब एकजुट भएर अगाडि बढेको छ ।अबको 1 बर्ष पछि स्थानिय तहको निर्वाचन त्यस निर्वाचन मा नेपाली कांग्रेस लाई प्रमुख शक्ति बनाउन सबै जना एक हुनुको विकल्प छैन ।

गुटबन्दी लाई अन्त्य गरि लोकतान्त्रिक संस्कार भएको देश कै ठूलो पार्टी नेपाली कांग्रेस कानेपोखरीमा प्रमुख शक्ति भएको हेर्ने रहर लोकतन्त्र पार्टीमा आस्थावान  युवादेखि  वृद्ध वृद्धा सम्म छ त्यसैलाई मध्यनजर गरि सहमति र सहकार्यका साथ पार्टी मा युवाको जोश र पाकाको होस लाई मिलाएर एउटा उपयुक्त कार्यसमिति निर्माण गरि अगाडि बढे भोलीका दिनमा कम्युनिष्टको बेथिती विसंगति प्रष्टरुप  उजागर गरि जनताको मनोभावना लाई आत्मसात गरि कांग्रेस ले मुल पालिकाको नेतृत्व गर्न सक्ने थियो ।

हामी अहिले एक कठिन अवस्था गुजारिरहेको छौँ  कोरोना कहर ले जनताको आर्थिक अवस्था र देशको अर्थतन्त्र धेरै नै तल झरेको छ मूल्य वृद्धिले महगी आकाशिएको छ भने सरकारले त्यसलाई नियन्त्रणमुखि भन्दा नि आफ्नो सत्ता टिकाउन अंकगणित र संसदको मूल्य तोक्दै बसेको छ । एक पछि एक  असंबैधानिक कदम चाल्दै छ भने संविधान लाई एउटा कागजको खोष्टो जस्तै बनाउन लागेको छ बर्तमान कम्युनिष्ट सरकार । जुन संविधान कांग्रेसको नेतृत्व मा निर्माण भएको हो,त्यसको कार्यान्वयनको कर्तव्य पनि कांग्रेसकै रहेको छ, त्यसैले संविधान रक्षार्थ पनि देशको नेतृत्व गर्ने बेला आएकोछ ।

कानेपोखरी गाउँपालिका 753 स्थानीय तह मध्यकै यस्तो पालिका जहाँ अहिले सम्म लोकतान्त्रिक पार्टीले चुनाव जितैकै छैन । यहाँ हाम्रो सम्पुर्ण अग्रजले धेरै नै संघर्ष र त्याग गरेर संगठन बिस्तार गर्दै अहिले हामी संतोषजनक अवस्था मा आइपुगेको छौं । नेपाली कांग्रेसले नयाँ कृयाशिल सदस्य र पुरानो नविकरण टुङ्गो लगाए सगै हामी एक मजबुत अवस्ता मा पुगेको महसुस भएको छ हिजो त्यो अग्रजको  संघर्ष लाई हामीले सम्मान गर्ने र कानेपोखरीमा कांग्रेसको रुख रोप्ने अग्रजका ती प्रयत्नलाइ रक्षाकवज बनी युवाको उपस्थिति अपरिहार्य बनेको छ । अबको अधिवेशनमा नेतृत्व चयन प्रक्रियामा कृयाशिल सदस्यले आफ्नो अमुल्यमत सोचबिचार अनि मुल्यांकन गरि नेतृत्व चयन हुन्छ भन्ने हामीले अपेक्षा गरेको छौं । आजको तै मत भोलीको पार्टीको नेतृत्व देखि पालिका प्रदेश र राष्ट्रको नेतृत्व सम्म पुगाउने मत बन्ने छ । हामी नेताले देश बिगारे भन्दै गर्दा आफ्नो अमुल्य मत राख्दै गर्दा हाम्रो लाई नभै राम्रो लाई चयन गरौं  देश अवस्य बने छ,हामिले आशा राखेका छौ । नेतृत्व चयन प्रक्रियामै अलमल भएकै कारण पार्टी अनि देश ले निकास नपाएको होकि एक चोट धेरै नै सोछ बिचार गरेर आफ्नो अमुल्य मत राखौं ।

हाल कानेपोखरी गाउँपालीकामा नविकरण भैआएको कृयाशिल सदस्य 562 हो भने नयाँ कृयशिल सदस्य संख्या 698  गरि जम्मा कृयाशिल सदस्य संख्या 1260 रहेको छ।सहमतिको आधार निर्माण गर्ने भुमिका यहाँका अग्रज नेतृत्वकै हातमा छ। नेतृत्व चयन मा मनमुटाव नराखी नेतृत्व चयन  गरौं  नेपाली कांग्रेस लाई कानेपोखरी मा ठूलो पार्टी निर्माण हातमा हात साथ काधमा काध मिलाएर अगाडि बढौ ।

जय नेपाल!!!