रुपन्देहीमा मंगलबारबाट स्मार्ट लकडाउन

  • प्रकाशित मिति : June 21, 2021
  • sthaniyasarkar.com

बुटवल : रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निजी सवारी साधन चल्न पाउने गरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।

तर, सवारी साधन चल्दा जोर–बिजोर प्रणाली अनुसार चल्नुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए । जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउनुपर्ने जनाइएको छ ।