लागुऔषध ब्राउनसुगरसहित मोरङको पथरी बाट दुइजना पक्राउ

  • प्रकाशित मिति : June 19, 2021
  • sthaniyasarkar.com

मोरङ : पथरी-शनिश्चरे नगरपालिकाबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी-शनिश्चरे नगरपालिका-१ बस्ने ३५ वर्षीय नारायण पनेरू र ३२ वर्षीय कृष्ण दर्नाल छन्।

परियारको घरबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । उनीहरूको साथबाट लागुऔषध तौल गर्ने मेसिन पनि बरामद भएको छ। पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान थालिएको राईले बताए।