११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

  • प्रकाशित मिति : June 15, 2021
  • sthaniyasarkar.com

कन्‍चनपुर : ११ वर्षीया बालिकालाई पटक-पटक जबरजस्‍तीकरणी गर्ने एक जनालाई कन्‍चनपुर प्रहरीले पक्राउ गरेको छ ।

कंचनपुर जिल्‍लाको कृष्णपुर-४ गुलरिया बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

उनकाअनुसार स्थानीय ११ वर्षे बालिकालाई ललाई फकाइ गरी पटक-पटक जबरजस्ती करणी गरेको भनी पीडित उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो । पक्राउ गरी करणी कसुर अन्तर्गत पाँचको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।