गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

  • प्रकाशित मिति : June 12, 2021
  • sthaniyasarkar.com

काठमाडाैं : नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेस गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेस गरेका थिए ।