सामूहिक बलात्कारमा संलग्‍न एक युवक पक्राउ

  • प्रकाशित मिति : June 11, 2021
  • sthaniyasarkar.com

धनगढी : कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । उनलाई नशालु पदार्थ खुवाएर बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

कंचनपुर जिल्लाको बेदकोट नगरपालिकाकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बलात्कारमा संलग्‍न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बलात्कारमा संलग्‍न अन्य फरार छन् ।

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा नशालु पदार्थ खुवाएर किशोरीको बलात्कार गरेको खुलेको छ ।