जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने

  • प्रकाशित मिति : June 8, 2021
  • sthaniyasarkar.com

काठमाडौ : तेह्रथुमको सुकेपोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ ।

सोका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ७० करोडको ठेक्का आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्यौली घर तेह्रथुमको आठराई छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो ।

नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको जन्म घरदेखि निगुरादिन र हाम्पाङ खण्डमा आठ किलो मिटर पहिलो चरणमा कोलोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ठेक्का आह्वान भएको उत्तरदक्षिण लोकमार्ग, कार्यालय ताप्लेजुङको सूचना अधिकारी  माधव पौडेलले बताउनुभयो ।