बोराभित्र मानिसको शव

  • प्रकाशित मिति : June 8, 2021
  • sthaniyasarkar.com

काठमाडौं :  बौद्धस्थित नयाँ वस्तीमा बोराभित्र मानिसको शवको भाग फेला परेको छ। बोराभित्र शवको घुँडा र खुट्टाको भाग मात्रै फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले शवको केही भाग मात्रै फेला परेको जानकारी दिएका छन । ‘शवको एकभाग मात्रै फेला परेको छ। कतै हत्या वा जलाएर शवको एक भाग यहाँ फालेको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने, ‘घुँडा र खुट्टाको भाग मात्रै छ, थप अनुसन्धान गर्छौं।’

उनकाअनुसार शव महिला वा पुरूष कसको भन्ने केही खुलेको छैन। शवको पूर्ण भाग घटनास्थलमा नभेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा चिकित्सक टोली पनि गएको थियो। यो शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकहरूले बताएका छन्।