सिरहामा गोलि चल्दा एक घाइते

  • प्रकाशित मिति : June 6, 2021
  • sthaniyasarkar.com

काठमाडौ : मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाउँदा मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी घाइते भएका हुन्।

साफीमाथि बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरायसी विषयमा विवाद हुदा गोली चलेको देखिएको छ । घाइते साफिको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।