कोरोना संग मिल्दोजुल्दो लक्षण भएका पुरोहित मृत अवस्थामा भेटिए

  • प्रकाशित मिति : June 5, 2021
  • sthaniyasarkar.com

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला–२ खोक्लिङमा काजक्रिया गराउन गएका पुरोहित मृत अवस्थामा भेटिएकाछन् । फुङलिङ नगरपालिका–९ हाङ्देवाका हरीप्रसाद घिमिरे आज बिहान मृत अवस्थामा भेटिएकाहुन् ।

काजक्रिया भईरहेकै भान्सा घरमा बिहान उठेर आगो तापेर बसेको र केहिबेर पछि त्यहि ठाउँमा मृत अवस्थामा देखिएको स्थानीयले जानकारी दिएका छन।

११ दिन अघि निधन भएका खोक्लिङका बिद्यास्वरा कार्कीको काजक्रिया गराउन गएका घिमिरे ओहोरदोहोर गर्न नसक्ने भएकाले उतै बस्दै आएका थिए ।

घिमिरेमा केहि दिन अघिदेखि सामान्य खोकि लाग्ने, ज्वरो आउने जस्ता समस्या समेत देखिएका थिए । घटनास्थलमा अनुसन्धानका लागि प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।