वाईसियल नेपालले आठराई गाउँपालिकामा स्वास्थ सामाग्री हस्तान्तरण

  • प्रकाशित मिति : June 4, 2021
  • sthaniyasarkar.com

तेह्रथुम : योङ कम्युनिष्ठ लिग (वाईसियल) नेपालले आठराई गाउँपालिकामा रहेका सुरक्षा निकाय र वडा कार्यलयलाई शुक्रबार मास्क र सेनिटाइजर वितरण गरेकाे छ ।

कोरोनाको कहरमा अग्रमा भागमा खटिएकाहरुलाई सहयोग गर्ने उद्देश्यले मास्क र सेनिटाइजर वितरण गरिएको योङ कम्युनिष्ठ लिग (वाईसियल) नेपाल आठराईले जनाएको छ ।

संक्रान्तिबजारको फाल्गुनन्द चोकमा ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दार र शसस्त्र सुरक्षा बेश क्पाप संक्रान्तिबजारका प्रहरी निरीक्षक बाबुकाजी कटुवाललाई आठराई गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख शुशिल ङईनामले मास्क र सेनिटाइजर हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै आठराई गाउँपालिका र स्वास्थ संस्थाको लागि उपलब्ध भएको मास्क र सेनिटाइजर नेकपा माओवादी केन्द्र १ नं. प्रदेशका सदस्य चुडामणी बराल (चिन्तन)ले स्वास्थ्य शाखाका प्रमुख ङईनामलाई हस्तान्तरण गर्नु भएको थियो ।