बुवाले गरे छोरीलाई बलात्कार

  • प्रकाशित मिति : June 3, 2021
  • sthaniyasarkar.com

काठमाडौ : ललितपुरको एकान्तकुनामा बुवाले छोरीलाई बलात्कार गरेका छन् । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । आरोपित पुरुष किशोरीको झड्केलो बुवा हुन।

काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरी आएको पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ । उनी ललितपुरस्थित एक निजी अफिसका जागिरे हुन् । बलात्कृत किशोरीकी आमाले ती पुरुषसँग दोस्रो विवाह गरेका हुन् ।