नेकपा एमालेको स्थायी कमिटीको बैठक पुनःस्थगित

  • प्रकाशित मिति : June 3, 2021
  • sthaniyasarkar.com

काठमाडौ : बिहीबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी एकताका लागि नेपाल पक्ष र ओली पक्षका दोस्रो तहका नेताबीच छलफल चल्दै गर्दा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

मंगलबारको बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि हदैसम्म पहल गर्ने निर्णय गरेको थियो । यसअघि हिजो (बुधबार) बस्ने भनिएको बैठक स्थगित हुँदा आज अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्नेगरी तय भएको थियो ।

त्यसयता दैनिक जसो बैठक स्थगित हुँदै आएको हो । एमालेका दोस्रो पुस्ताका नेताहरुबीच पछिल्ला दिनमा बाक्लिएको वार्तासंगै बस्न लागेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान छ ।