जनप्रतिनिधि नै बहुविवाहको आरोपमा पक्राउ

  • प्रकाशित मिति : June 2, 2021
  • sthaniyasarkar.com

तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिकामा जनप्रतिनिधि नै बहुविवाहको आरोपमा पक्राउ परेका छन। आठराई गाउँपालिका-६ चुहान डाँडाका वडासदस्य तेज बिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो ।

कन्दङवाले गत शनिबार दोस्रो विवाहका लागि अर्कैकी श्रीमती हरीकला आचार्यलाई घरमा भित्र्याएका पछि उनकी जेठी श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएकि थिइन । वडा सदस्य कन्दङवाका ३ छोरी र १ छोरा गरी ४ सन्तान छन् । उता हरिकलाका पनि २ छोरा छन् ।

उजुरीपछि कन्दङवा र आचार्यलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । पक्राउ परेका दुवैलाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।