निर्वाचन आयोगको निर्णयले महन्थ ठाकुरलाई सकस

  • प्रकाशित मिति : June 2, 2021
  • sthaniyasarkar.com

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उपेन्द्र यादवलाई कारबाही गरेको भनी केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनी निर्वाचन आयोगलाई जानकारी गराएका थिए । तर आयोगले कारबाहीको निर्णयमा केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षर माग गर्दै पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।