सेती नदीको किनारमा एक महिला मृत फेला

  • प्रकाशित मिति : June 2, 2021
  • sthaniyasarkar.com

तनहुँ : तनहुँको शुक्लागण्डकी-२, हलेदीस्थित सेती नदीको किनारमा एक महिला मृत फेला परेकी हुन् । मृतक म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका-८ घर भई हाल शुक्लागण्डकी-२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।